back
NMB ad

ग्रामीण विकास लघुवित्तको नाफामा गिरावट, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले १ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

गत वर्षको यही अवधिमा संस्थाले ९ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा संचालन नाफा पनि भारी मात्राले घटेको छ ।

उक्त नाफा १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष सो नाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ६ अर्ब ३८ करोड १३ लाख सापटी लिएर १३ अर्ब २४ करोड ५१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

खुद ब्याज आम्दानी पनि २७.२३ प्रतिशतले घटेर २ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । संचालन नोक्सानमा रहेकाले यसको खुद नाफामा असर परेको हो ।

साथै, संस्थाले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ प्रोभिजन व्यवस्थापनका लागि छुट्याएको छ । जसले गर्दा खुद नाफा प्रभावित बनेको हो ।

कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा नोक्सानमा रहेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १३:५४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...