back
NMB ad

३१.९४ प्रतिशतले बढ्यो शिवम् सिमेन्ट्सको नाफा, इपिएस कति ?

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ३१.९४ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा यसले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म सञ्चालन आम्दानी भने ३०.४६ प्रतिशतले घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी २ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको थियो । यसको अन्य आम्दानी भने भारी मात्राले बढेको छ ।

गत वर्ष ९३ लाख ६० हजार रुपैयाँ रहेको अन्य आम्दानी यो वर्ष बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी बढ्दा र खर्च नियन्त्रण गर्दा शिवम्को नाफा बढेको हो ।

यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:११ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...