back
NMB ad

खानतलासीको नाममा प्रहरीले ज्यादती गरेकाे आराेप

Kumari bank ad

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका-१ का वडाअध्यक्ष अरुण शाहीले प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरकाे आराेप लगाएका छन् । उनका अनुसार प्रहरीले मंगलबार मध्यराति घरैमा आएर आफूले प्रयोग गर्ने बा१६च २३६३ नम्बरको गाडी खानतलासीकाे नाममा टर्चर दिएकाे छ ।

वडाअध्यक्ष शाहीले बुधबार सियारी–१  निवासमा पत्रकार सम्मेलन आयाेजना गरी घटनाबारे जानकारी दिएका छन् । खानतलासी गर्न पाउने प्रहरीको अधिकार भए पनि खानतलासी पुर्जी नदिइ एक्कासी आएर राजनीतिक प्रतिसोध साँधेकाे उनकाे भनाइ छ ।

पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्केको थियो । सवारी चेकजाँच गर्दा उनी घरमा थिएनन् । वडाअध्यक्षको गाडी शंकास्पद भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच तथा खानतलासी गरेको थियो । वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएकाे टाेलीले मध्यरातमै माथिकाे आदेश भन्दै खानतलासी गरेकाे थियाे । दाेस्राे पटक निर्वाचित भएका वडाध्यक्ष शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन् ।

पूर्व गृहमन्त्री तथा राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरित काम नगर्न चेतावनी दिए । प्रहरीले अनावश्यक रुपमा दु:ख गर्ने गरी मध्यरातमा घरमै पुगेर गरेकाे कार्यप्रति राप्रपाले विराेध गरेकाे छ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...