back
NMB ad

समानुपातिकतर्फ दुई वटा पार्टीले कटाए दुई लाख मत, अन्य कुन दलको कति ?

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेकाे छैन ।

हालसम्म मतगणना भएका क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १३ सिटमा विजयी हासिल गरिसकेको छ भने दोस्रो स्थानमा रहेको एमालेले चार सिट जितेको छ । यस्तै, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट, माओवादीले एक सिट, राप्रपाले एक सिट, एकीकृत समाजवादीले एक सिट र नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हासिल गरेका छन् ।

प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको ११० सिटका लागि आएको मत पनि गणना भइरहेको छ । समानुपातिकतर्फ सर्वाधिक मत एमालेले पाइरहेको छ । हालसम्म एमालेले दुई लाख ४१ हजार नौ सय ९९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख १९ हजार चार सय ४९ मत पाएको छ ।

यस्तै, अन्य दलहरू क्रमशः माओवादीले एक लाख चार सय ५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार ६१ मत, राप्रपाले ५७ हजार सात सय ६४ मत, जसपाले १७ हजार सात सय ५८ मत, एकीकृत समाजवादीले १३ हजार तीन सय मत र नागरिक उन्मुक्ती पार्टीले ११ हजार तीन सय २१ मत पाएका छन् ।

वि.सं.२०७९ मंसिर ७ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...