काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
मंसिर १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र विशेष साधारण सभामा भाग लिन पाउँछन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार ११:५६ मा प्रकाशित