काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ।
शेयरधनीले ५ वर्ष अघिको नगद लाभांश लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो ।
बैंकले ३६ दिन भित्र लाभांश बुझिलिन आग्रह समेत गरेको छ । सेयरधनीले आवश्यक कागजात तथा विवरणसहित काठमाडौंको डिल्लीबजारस्थित सीबीआईएल क्यापिटलमा सम्पर्क गर्न गर्नुपर्नेछ ।
तोकिएको समयभित्र नगद लाभांश नलिए उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि बैंकले जानकारी दिएको छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १२:०७ मा प्रकाशित