back
NMB ad

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Kumari bank ad

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेकाे प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नाै लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।

उनीहरूले पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये न्यौपानेलाई जिल्ला अदालत ललितपुर र मुकुन्दप्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...