back
NMB ad

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

Kumari bank ad

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ ।  अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो ।

संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने ।  प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग भने अन्तिम सल्लाह भइरहेको चन्दले बताएका छन् ।

यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले  बताए ।  लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट महिला तथा पुरुष पाँच–पाँच खेलाडी छनोट हुनेछन् । छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् ।

विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन् । यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् ।

नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दवाव हुने भएपनि अन्य खेलाडी क्षमतावान भएको बताए । ‘स्यान्टु नहुँदा केहि समस्या त हुन्छ । तर, अन्य खेलाडीसमेत क्षमतावान छन्,’ उनले भने ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...