back
NMB ad

काभ्रे बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो(अपडेट)

Kumari bank ad

काठमाडौ । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउराली तर्फ जाँदै गरेको बा २ ख १०६ नं को बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरे खोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटना स्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा अन्य ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको थियो।kavre accident2

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको अहिलेसम्म सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच दर्घटनामा परेकाहरुको छिटोभन्दा छिटो उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय र मातहतका निकायलाई निर्दशन दिएका छन् ।

बैतडीमा अर्काे दुर्घटनामा पाँचको मृत्यु

आजै बैतडीमा भएको अर्काे बस दुर्घटनामा गर्भवती महिला सहित पाँच जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नं को बस दिउँसो ३ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावन नजिक दुर्घटनामा परेको हो । त्यहाँ पनि मृत्यु हनेको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १९:०९ मा प्रकाशित

You can share this post!

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल काठमाडौँ, २ जेठः उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...