back
NMB ad

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र आई.सि.एफ.सि फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंक बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकको मंसिर १२ गते सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले कुल ५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।

यो लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।

आई.सि.एफ.सि.फाइनान्स

आई.सि.एफ.सि.फाइनान्स लिमिटेडले मंसिर १४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्ने छन ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...