काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको छ । । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १९ गते सोमबार बुक क्लोज हुने भएको छ । तसर्थ, मंसिर आइतबार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८ मा प्रकाशित