back
NMB ad

यी दुई इन्स्योरेन्सको एकीकृत कारोबारका मिति तय, कहिलेदेखि हुनेभयो ?

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।

एक आपसमा मर्जर सम्झौता गरेका यी दुई इन्स्योरेन्सले  पुस ११ गतेदेखि संयुक्त रुपमा कारोबार सुरु गर्ने भएका हुन् । यी दुई कम्पनीबीच असार १२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

बिमा समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले अब हकप्रद सेयर तथा बोनस सेयर जारी गरि चुक्ता पुँजी ५ अर्ब पुर्याउने छ ।

कम्पनीले सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालनी गर्नेछन् । नेपालको इतिहासँमा पहिलो एकीकृत कारोबार गर्ने जीबन बीमा कम्पनी हुनेछ ।

नयाँ कम्पनी बनेसंगै अध्यक्षमा सूर्या लाइफको केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफबाट प्रकाश विक्रम खत्री बन्नेछन् । नयाँ बन्ने कम्पनीको संचालकमा सूर्या लाइफबाट ३ र ज्योति लाइफबाट ३ जना बन्ने बताइएको छ ।

वि.सं.२०७९ मंसिर २९ बिहीवार १४:२३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...