back
NMB ad

किन भयो बजारमा अकस्मात तेलको हाहाकार ?

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।

सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो ।

निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धान वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको हो ।

इन्धन वितरण नियममित नहुँदा प्रायः सार्वजनिक विदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दाबी छ ।

तर,यसअघि नाकाबन्दीबाहेक सार्वजनिक विदामा कहिल्यै इन्धनको अभाव भएको थिएन। यस पटक निगमले जानजान यस्तो काम गरेको छ ।

सार्वजनिक विदाअगाडि नै पर्याप्त इन्धन वितरण नगरी जानाजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ ।

निजी पेट्रोलियम व्यवसायीले भने निगमले मागअनुसार इन्धन वितरण नगर्दा पम्पमा अभाव भएको बताएका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सार्वजनिक विदाको अघिल्लो दिन निमगमले पम्पलाई इन्धन वितरण नगर्दा बजारमा अभाव भएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ०९:४७ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...