back
NMB ad

दुर्घटनाग्रस्त बसका चालक भन्छन् -मकैबारीमा लुकेर बी एन्ड बी अस्पताल पुगेँ

Kumari bank ad

काठमाण्डौं । गत साउन ३१ गते सोमबार कोरीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन्।

‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले  सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,‘मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो।’

अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन३० सेकेन्ड जति बाँकी थियो बसको स्टार्ट बन्द भयो,’ चालक गौतमले भने,‘स्टार्ट बन्द हुनेबित्तिकै सह चालक कमल गौतमलाई ओट राख्न भने उनी ओर्लिएर ओट राख्न खोज्दै थिए बसचिप्लिरह्यो।

‘चिप्लिएको बसमा भएभरको बल लगाएर ब्रेक लगाएँ,‘केही सिप लागेन, बसले बल्ड्याङ खायो,’ उनले भने,‘ बेहोस भएछु, होसमा आउँदा बीभत्स दृश्य देखेँ, म बाबियोको बोटमा अल्झिएको रहेछु उठ्दा छेउमै ठूलीआमा पर्नेको पेट फुटेको देखेँ, उचालेर यता राखिदिए र सडकमा आएँ।’

मान्छेहरू कराँदै थिए। मैले भाइ कमल गौतमलाई भेटेँ। मसँग मोबाइल पनि थिएन। उसैसँग मकैबारीमा गएर साथीलाई फोन गरेर मोटरसाइकल बोलाएँ। त्यो मोटरसाइकलमा त्यही बाटो हुँदै फलाँटे आएँ। हात भाच्चिएको थियो। फलाटेसम्म मोटरसाइकलमा आएर बोलेरो गाडी बोलाएँ, त्यसमै बिएण्डबी आइपुगेँ र भर्ना भएँ,’ उनले भने,‘ श्रीमती र आफन्तलाई अस्पतालमा भेटेँ। हाम्रो गाडी हो भनेर  मेरा आफन्तहरू पनि चढेका थिए। दाजुभाइ र आफन्तको पनि निधन भयो। केही घाइते भए अस्पतालमै बसेर नक्कली लाइसेन्सको बारेमा समाचार पढेँ।’ आजको नेपाल समाचार पत्रमा मोतिराम तिमल्सिनाले खबर लेखेका छन्।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ०९:५३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...