back
NMB ad

छुट्ला है, यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते बिहिबार अन्तिम दिन रहेको छ । बिहिबार २ बीमा कम्पनी र १ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुष ७ गतेअन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोग गर्ने भएको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

इन्स्योरेन्सले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते बिहीबार अन्तिम दिन हो । लाभांश र साधारण सभा प्रयोजनका यी कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले पुस २४ गते पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांशका लागि बैंकले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोग गर्ने भएको छ । यसर्थ,पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १६औं वार्षिक साधारण सभा पुस २२ गतेका लागि बोलाएको छ ।

वि.सं.२०७९ पुस ७ बिहीवार ०८:२० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...