काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लाभाश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले साधारणसभा पनि आह्वान गरेको छ । बैंकले पुस २८ गते बिहिबार साधारणसभा आह्वान गरेको हो ।
वि.सं.२०७९ पुस ७ बिहीवार ०९:४९ मा प्रकाशित