back
NMB ad

इकोनमिक मिडिया सोसाइटीमा नयाँ नेतृत्व, अध्यक्षमा रामराजा सहित ११ सदस्यीय कार्यसमिति चयन

Kumari bank ad

ललितपुर । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी साधारणसभाले उपाध्यक्षद्वयमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारीलाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुबद्रा थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता वृद्धिका लागि ६ बर्षअघि स्थापना भएको इम्शनको अध्यक्षमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए । उक्त संस्थाले विभिन्न खालका आर्थिक विषयमा बहस संचालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन् ।

वि.सं.२०७९ पुस २३ शनिवार १५:२२ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...