back
NMB ad

लक्ष्मी र सनराइज बैंक समान हैसियतमा गाभिने, भोली सम्झौता हुँदै

Kumari bank ad

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन सोमबार औपचारिक सम्झौता हुने भएको छ। प्रारम्भिक सहमति अनुसार, दुबै बराबरी हैसियत अर्थात १ः१ को सेयर आदन प्रदान अनुपातमा गाभिने छन्।

गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ। मर्जरका लागि सहभागिता जनाएका एक ब्यक्तिले भने, ‘प्रारम्भिक सहमति बराबरी हैसियतमा गाभिने भन्ने छ, सोमबार सम्झौता हुने छ ।’

उनका अनुसार, सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) को प्रतिवेदनमा ५ प्रतिशतभन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्छ।

‘मर्जपछि लक्ष्मी बैंकले अध्यक्ष पाउने भएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने जिम्मेवारी भने सम्वन्धित बैंकका सीईओलाई दिइएको बताइएको छ ।

दुबै बैंकले प्रकाशित गरेको पछिल्लो वित्तिय विवरण अनुसार, लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

वि.सं.२०७९ पुस २४ आइतवार १६:११ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...