back
NMB ad

चेपे जलबिद्युत आयोजना विरुद्ध राईनासटार सिँचाई आयोजनाका उपभोक्ता प्रर्दशनमा

Kumari bank ad

लमजुङ ।  गोरखा सिमानामा निर्माणाधिन चेपे ए जलविद्युत आयोजना र राईनासटार सिँचाई आयोजना उपभोक्ता विचको विवाद चर्किदै गएको छ । जलविद्युत आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका उपभोक्ताहरु मध्ये आठजनालाई पक्राउ गर्न खोजेको भन्दै उपभोक्ता थप आक्रोशित बनेका हुन् ।

आक्रोशित सिचाई उपभोक्ताले शुक्रबार राइनासको तिनपिप्लेमा जलविद्युत आयोजनाविरुद्ध नाराबाजीसहित विरोध गरेका छन् । केही साताअघि जलविद्युत आयोजनामा भएको तोडफोडका विषयलाई लिएर आठजना उपभोक्ताविरुद्ध उजुरी परेको र प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लागेको भन्दै उपभोक्ता थप आन्दोलित भएको संघर्ष समिति संयोजक श्रीकृष्ण पौडेलले जानकारी दिए ।

सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गर्ने र उल्टै उपभोक्ताविरुद्ध मुद्धा दायर गरी आक्रोशित बनाएको उपभोक्ताको आरोप छ । सिँचाई प्रभावित हुनेगरी कुनै पनि हालतमा जलविद्युत आयोजना बन्न नदिने अडान लिएका स्थानिय उपभोक्ताले विरोध प्रदर्शनका क्रममा झुठा मुद्दा खारेज गर, धरपक्कड बन्द गर, जल माफिया होसियार, किसान ओन्दालन जारी छ, सिंचाईको सुनिश्चित गर, आम राइनासबासी एक छौं जस्ता नारा लगाएका थिए । उपभोक्ताहरुले  प्रदर्शन साँकेतिक भएको भन्दै सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् ।

चम्पावती हाईड्रोले राईनासटार सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै राईनासबासी विगत एक महिनादेखि विरोधमा उत्रिएका छन् । पटक–पटक वार्ताको माध्यामबाट समास्या समाधान गर्न चाहेपनि हाइड्रोतर्फबाट वार्ताको कुनै संकेत नदेखिएपछि आक्रोशित उपभोक्ताहरु आयोजनाको निर्माणाधिन पावरहाउस घेराउ गर्न पुगेका थिए । सोहि समयमा आयोजनाको केही सवारीमा आगजनी सहित पावर हाउस संचनामा तोडफोड समेत भएको थियो ।

आक्रोशित भिडको बीचमा आयोजनाकै मान्छेहरुले तोडफोड गरी आँफूहरूलाई आरोप लगाएको उपभोक्ताको आरोप छ भने जलविद्युत आयोजनाले भने उपभोक्ता मध्येका आठजना विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ । जलविद्युत आयोजनाका तर्फबाट दिइएको जाहेरीमा किटान आठजनालाई गोरखा प्रशासनबाट हाजिर हुन पत्रचार गरेको संकेत पाएसँगै उपभोक्ता थप आन्दोलित भएका हुन् । उनीहरूले स्थानीय सरकारदेखि सम्वन्धीत विभाग हुँदै केन्द्र सरकारसम्म पुगेर पनि सिचाईको प्रत्याभुति नहुँदा सम्म जलविदुत आयोजना बन्न नदिने अडान लिएका छन् ।

चम्पावती हाईड्रोद्धारा निर्माणाधिन सात मेगावाट चेपे ए जलबिद्युत आयोजना र राईनासका स्थानीयबीच भएको विवादका बारेमा जिल्लाका सांसद एवं राजनीतिक दल, स्थानिय सरकार एवं सरोकारवालाले स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । जलबिद्युत आयोजनाको कारण राइनासटार सिँचाई आयोजना प्रभावित हुन नहुने भन्दै समयमै सच्चिन विज्ञप्ती मार्फत सरोकारवालाहरुले यसअघिनै आग्रह गरेका छन् ।

वि.सं.२०७९ पुस २४ आइतवार १९:३२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...