back
NMB ad

सवारी दुर्घटनामा दुई जनाको मृत्युु, दुई घाइते

Kumari bank ad

सप्तरी । सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रेर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिग्रेर राखिएको स।१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौली बस्ने २० पर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको कोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको कोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाईते भएका छन् । उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेश कुमार सिंहले जानकारी दिए ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७९ पुस २४ आइतवार २१:१२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...