back
NMB ad

अब माइक्रो फाइनान्स र सहकारीका ग्राहकले पनि एटिएम पाउने !

Kumari bank ad

काठमाण्डौं । बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको स्मार्ट चोइस टेक्नोलोजी (एसटिसी)ले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ।

क्लाउड बेस्ड डेटावेस राखिएका सहकारी र माइक्रो फाइनान्सलाई उनीहरुले प्रक्रिया पुरा गरेको खण्डमा सेवा दिन सक्ने  कम्पनीले जनाएको छ। ती कम्पनीहरुमा अनिवार्य रुपमा बैंकिङ सिस्टम भएको र सफ्टवेयर भेन्डर कम्पनीले क्लाउडमा होस्ट गरेको हुनुपर्नेछ। यो प्रक्रिया पुरा गर्ने एन क्लाउड र इन्फो डेभलपर्स कम्पनीसंग छलफल अन्तिम अवस्थामा पुगेको बज्राचार्यले बताए।

ुअहिले नै सवै सहकारीले पाउने हैनु उनले भने ‘रिक्वायरमेन्ट मिट गरेका संस्थाहरुसँग छलफल भइरहेको छ र उनीहरुलाई जनवरीदेखि एससिटी एटिएमको सेवा दिने योजना छ ।’

अहिले नेपाल, भारत र भुटानमा यो कम्पनीले इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको छ। कम्पनीले भुटानका दुईवटा बैक टि बैङ र भुटान डेभलपमेन्ट बैंकमा आफ्नो सेवा दिइरहेको छ। त्यहाँ उसका दश हजारभन्दा धेरै एससिटी प्रयोगकर्ता रहेको बज्राचार्यले बताए। यससिटिको सञ्जालवाट हाल दैनिक रुपमा ५० हजार पटक कारोवार हुने गरेको उनले बताए।

सन् २००२ देखि अपरेसन सुरु गरेको यो कम्पनीमा हाल २० लाख भन्दा धेरै ग्राहक रहेका छन् जसमा ९ लाख एक्टिभ युजर रहेका छन् । केहि बर्ष अगाडि प्राय नेपालका सवै वाणिज्य बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स सवैले एससिटी सेवा प्रयोग गर्थे भने अहिले भिजाकार्ड, मास्टरकार्डको बढ्दो प्रयोग र बैक तथा वित्तिय संस्थाहरु धमाधम मर्जमा गएका कारण ६५ वटामा सिमित हुनुपरेको बज्राचार्यले बताए।

८ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ ८ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...