back
NMB ad

नडराउनहोस्, लगानीको अर्को क्षेत्र नभएकाले सेयर बजार थप उक्लिन्छ !

Kumari bank ad

काठमाण्डौं । सेयर बजार आफ्नो गतिमा हिडिरहेका बेला यसको बृद्धिलाई लिएर वाहिरी र भित्री दुबै पक्षबाट आक्रमण भयो । बजारको उच्चतम अंक १८८१ हो भनेर भित्रैबाट हल्ला चलाइयो । यसले साना र नवप्रवेशी लगानीकर्ताहरुको मनोवल कमजोर पारिदियो ।

वाहिरी पक्षबाट कालोधनको कुरा ल्याएर आक्रमण गरियो । यसले ठूला लगानीकर्तालाई पनि छोयो । सेयर बजार घट्नु पर्ने ठोस कारण छैन । तर घटाउनलाई यि दुई प्रमुख कारणले भूमिका खेले ।

बजार धेरै घट्छ भन्ने मलाई लाग्दैन । अर्को लगानीको क्षेत्र देखिएको छैन । अहिले लगानीकर्ताहरु पैसा हातमा बोकेर बसेका छन्, सेयर बजारबाट बाहिरिएका छैनन् । लगानीकर्ताहरु अहिले वाहिरिने अवस्थामा पनि छैनन् । किनभने उनीहरुले अर्को लगानीको क्षेत्र पाइसकेका छैनन् ।

बजारमा अहिले वियरिस साइकोलोजी हावी भएको हो । वाहिरी पक्षले फेरि पनि आक्रमण गर्‍यो भने बजार अरु घट्छ । आफ्नै तालमा छाडिदिने हो भने बजार वढ्छ जस्तो लाग्छ । तर वाहिरी पक्षले आक्रमण गर्‍यो भने १५०० मा झर्न समय लाग्दैन ।

मलाई बजार अब रिवाउन्स हुन्छजस्तो लाग्छ । बैंकको ब्याज दर अझै तलै छ । बैंक र लगानीकर्ता दुबैसँग तरलता छ । लगानीकर्ताहरु ऋणको ट्रयापमा परिसकेका छैनन् । लगानीको अर्को क्षेत्र पनि छैन ।

बियरिस मनोविज्ञान भएका कारण लगानीकर्ताहरु ५र१० दिन रोकिएर बस्लान् । तर सँधै चुप लागेर पनि बस्न सकिँदैन । बजारमा प्रवेश गर्नै पर्छ । लगानीकर्तासँग तरलता भएका कारण उनीहरु ऋण लिएर सजिलै तिर्नसक्ने अवस्थामै छन् । यसपाली बजारमा आफ्नै बचतबाट लगानी गर्नेहरु धेरै आएका छन् । रेमिटेन्सको पैसा पनि आएको हो । अहिले मास पिपुल बजारमा धेरै छन् । ठूला वा सीमितले बजारलाई चलाउन सक्ने अवस्था छैन । केही दिन मनोविज्ञान कमजोर भएर बजार ओरालो लागेको हो । तर धेरै समय यो टिक्छ जस्तो लाग्दैन । बजार रिवाउन्स हुन्छ ।

अहिले बैंकमा बचतको ब्याज दर २ प्रतिशत छ । बैंक वित्तीय संस्थाको सेयरमा लगानी गर्दा कम्तिमा पनि पाँच प्रतिशतको प्रतिफल छ । यसले लगानीकर्तालाई आकर्षित गर्छ नै । अहिले लाभांस घोषणा हुने बेला पनि हो ।

बजारको आकार वढेपछि सुचक पनि वढ्छ । हामीले १८०० अंकलाई बुल भनेर प्रचार गर्‍यौं । तर यो सामान्य बृद्धि हो । २५०० अंक नपुगेसम्म बजारलाई बुल भन्न सकिँदैन । अब बजारको बृद्धि सामान्य रुपमा भइरहेको छ । यसलाई वाहिरी र भित्री दुबै पक्षले कृतिम ढङ्गले आक्रमण गरेर अवरुद्ध गर्ने काम गरे ।

वाहिरी पक्ष सन्तुलित भयो र कसैले हस्तक्षेप गरेनन् भने एकरडेढ साता बजार १६५० देखि १७०० अंकको बीचमा रहन्छ । यो अवधिमा एक अर्बभन्दा वढिको कारोबार हुनु पर्छ । त्यसपछि बजारले बृद्धिको बाटो समात्छजस्तो लाग्छ ।

– अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे इन्भेष्टमेन्ट, ८ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ ८ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...