back
NMB ad

प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले विश्वासको मत दिएकोबारे के भन्छन् कानूनविद्हरु ?

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर संविधानलाई र लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै वरिष्ठ अधिवक्ता भण्डारीले कांग्रेसको कदमले प्रतिपक्षविहीन संसद् र प्रतिपक्षविहीन लोकतन्त्रको परिकल्पना भएको बताएका हुन् ।

‘प्रतिपक्षमा बस्नुपर्ने नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको अवस्था छ । यो अवस्थालाई नेपाली राजनीतिक वृत्त र संवैधानिक वृत्तमा पनि गहिरो चाखका साथ हेरिएको छ । संविधान र डेमोक्रेसीका आधारभूत भ्यालुजहरुलाई हेर्दाखेरी नेपाली कांग्रेसले संविधानलाई र लोकतन्त्रलाई संस्थागत् गर्ने क्रममा एउटा ठूलो गल्ती गर्यो,’–क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने ।

साथै, गठबन्धनको आडमा निर्वाचनमा गएका प्रचण्डले गठबन्धन बाहिर गएर सरकार गठन गर्नुपनि राजनीतिक नैतिकता सकिएको सन्देश दिएको उनले बताए । यस्तो अवस्थामा सत्ता नै केन्द्रविन्दुमा हुने उनले बताए ।

अहिले मूलुकको राजनीति सिद्धान्तविहीन र नैतिकविहीन बनेको पनि उनको दाबी छ । प्रचण्डलाई जनताले प्रधानमन्त्री बन्नका लागि म्याण्डेट नै नदिएको उनको टिप्पणी छ । अहिलेको सत्ताकेन्द्रीत राजनीतिले लोकतन्त्रलाई कमजोर बनाएको उनको दाबी छ ।

उनले कांग्रेस सरकार बनेपछि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा प्रतिपक्षविहीन संसद् बनाउनु भनेको लोकतन्त्रमाथिको खेलबाड भएको बताए । नेपाली कांग्रेसले जिम्मेवार पार्टीको भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।

‘सरकार बनिसकेपछि कांग्रेस प्रतिपक्षमा बस्नुपर्दथ्यो । सशक्त प्रतिपक्षको भूमिका निभाउनुपथ्र्यो । कु्नैपनि संसदीय व्यवस्थामा प्रतिपक्षविनाको संसद् परिकल्पना गर्न सकिँदैन । प्रतिपक्षविनाको सरकार परिकल्पना गर्न सकिदैन । कांग्रेसजस्तो लामो इतिहास बोकेको राजनीतिक दलले प्रतिपक्षविहीन संसद् बनाउनु भनेको गलत हो,’ उनले भने ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री प्रचण्डले पृथ्वी जयन्तीमा विदा दिनु राम्रो भएको बताए । आफूले पाँच वर्षअघि पृथ्वी जयन्तीमा विदा दिनुपर्छ भनेर अदालतमा मुद्धा दायर गरेकोसमेत उनले स्मरण गरे ।

डा. भण्डारीले सरकार सञ्चालनको लागि सत्ता साझेदार दलहरुले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम सतही भएकोपनि आरोप लगाए । भ्रष्टाचार न्यूनीकरणका लागि एउटा सक्षम आयोग आवश्यक रहेको र त्यसले पूर्वप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधीश, न्यायधीशलगायत उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, नेकपा (एमाले) का नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वभाविक भन्न नसकिने बताए । तर, कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा कुनै स्वार्थ भावले आएको भए अग्रगमनतर्फ जान गाह«ो हुने बताए ।

साथै, नेपाली कांग्रेसले विगतमा संसद् प्रतिपक्षविहीन रहन नसक्ने भन्दै सहमतिको राजनीतिलाई तोड्ने काम गरेको पनि उनको आरोप छ । संगै चुनाव लडेको गठबन्धनलाई पनि जोगाउन नसकेको पार्टी सकारात्मक रूपमै देश बनाउने भावका साथ आएको अवस्थामा यसलाई अन्यथा भन्न नसकिने उनको भनाई छ ।

‘हाम्रो संविधानको बनोट र यसभन्दा अगाडिका अभ्यासहरुलाई हेर्ने हो भने ‘वाच डग’ का रूपमा प्रतिपक्ष रहने र सत्ता पक्षले कमिकमजोरी गरेको र संविधानको भावनाविपरित भए खबरदारी गर्न एउटा ‘वेटिङ गभर्मेन्ट’ को रुपमा प्रतिपक्ष रहेर जाने प्रणाली हामीले स्थापित गरेका थियौं । कुनै स्वार्थप्रेरित भावना र पद प्राप्तिको दुराशय राखेर आएको भए अग्रगमनतर्फ जान गाह«ो छ,’ उनले भने ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रियसभा सदस्य एवम् कानूनविद् जगत कार्कीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफ्नो गल्ती तथा कमजोरी सच्याएको दाबी गरे । अहिलेको लोकतान्त्रिक ‘गणतन्त्रको मूल सूत्रधार प्रचण्ड’ भएकाले उनले ल्याएको व्यवस्था सही हुने र प्रचण्ड स्वयं चाहीँ गलत हुनै नसक्ने उनको दाबी छ ।

‘नेपालको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रधार भनेको प्रचण्ड हो । जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र सही हुने तर प्रचण्ड गलत कसरी हुने ? यो व्यवस्था सही हो भने प्रचण्ड सही हो’–उनको जिकिर थियो ।

आफूहरु देशमा स्थिरता चाहने भएकाले कांग्रेसले सरकारलाई विश्वासको मत दिनु सही भएको उनको दाबी छ । यसलाई अन्य दृष्टिकोणबाट भन्दापनि सकारात्मक ढंगले सोेच्न उनले आग्रह गरे । कांग्रेसले विश्वासको मत दिएर देशलाई स्थिरतातर्फ लैजान सहयोग पुर्याएको उनको दाबी छ ।
अर्का वक्ता संविधानविद् डा. रुद्र शर्माले संसद् प्रतिपक्षविहीन नभइसकेको बताएका छन् । संसद्मा दुई सांसद प्रतिपक्षमा रहेको स्मरण गर्दै उनले अहिले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न खडा भएको बताए ।

‘नेपालको संविधानअनुसार यो संसदीय प्रणालीमा सत्ता पक्ष र प्रतिपक्षको व्यवस्था छ । नेपाली कांग्रेसले अहिलेको सरकारलाई समर्थन गरेपछि संसद् प्रतिपक्षविहीन भयो भन्नेजस्ता कुरा सुनिन्छ, त्यो सत्य होइन् । दुई राजनीतिक दलहरु प्रतिपक्षमै छन् । नेपाली कांग्रेसले पनि प्रतिपक्षमा बस्छु भनेको छ । संसद् प्रतिपक्षविहिन भएको अवस्था होइन । सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न चाहीँ उठेको हो,’ उनले भने ।

सरकारलाई समर्थन गर्ने राजनीतिक दल र सरकारमा सहभागी हुने राजनीतिक दललाई नेपालको संविधानले सत्ता पक्षको रूपमा नै लिएको उनले बताए । तर, कुनै दलले सरकारमा सहभागी हुन्न तर सरकारलाई समर्थन गर्छु भन्यो भने सरकारलाई समर्थन गर्ने दल र सरकारमा सहभागी हुने दलको हैसियत फरक–फरक हुने उनको दाबी छ ।

उनले अहिले नेपाली कांग्रेसको हैसियत सरकालाई समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेकाले संविधानले प्रष्ट रुपमा नभनिसकेको अवस्थामा अभ्यास, आवश्यकता र नैतिकताको हिसाबले यसलाई सकारात्मक रुपमा हेर्न आग्रह गरे । सत्ता पक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने कुरा सम्बन्धित दलको निर्णय नै प्रमुख हुने उनको भनाई छ । नेपाली कांग्रेसले गरेको निर्णयलाई संविधानअनुसार गलत भन्न नमिल्ने उनको धारणा छ ।

त्यसैगरी, वरिष्ठ अधिवक्ता केदार कार्कीले कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कुनै ठूलो गल्ती नगरेको दाबी गरेका छन् । सरकारलाई समर्थन दिएर सरकारमा जाँदै गर्दा कांग्रेस सरकार पक्ष हुने र यदि सरकारमा नगएको खण्डमा भने उ प्रतिपक्षकै रूपमा रहने उनको दाबी छ ।
‘कांग्रेसले समर्थन गरेर ऊ सरकारमा जान्छ भने सरकार पक्ष भयो । यदि सत्तामा जाँदैन भने ऊ प्रतिपक्षको भूमिकामा रहन सक्छ,’ उनले भने ।

वि.सं.२०७९ पुस २८ बिहीवार १९:१७ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...