back
NMB ad

उखुको मूल्य प्रतिक्लिन्टल २० रुपैयाँ वृद्धि, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा

Kumari bank ad

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

‘मैले कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेको तीन दिन मात्र भयो । म स्वयं किसानको छोरी हुँ । मलाई आम किसानका मर्म र पीडा थाहा छ । मेरो मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु हो,’ रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै मन्त्री साहले भनिन् ।

कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिइन् । साथै साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको पनि बताइन् ।

आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पुर्याएको पनि उनले बताइन् । मन्त्री साहले थपिन्, ‘हामीले उखु ढुवानीको मूल्य प्रतिक्विन्टल २० रुपियाँ मूल्यवृद्धि गरेका छौं । किसानहरु समयमै उखुको मूल्य पाउने गरी काम गर्न आवश्यक निर्देशन दिइसकेकी छु ।’

दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने पनि मन्त्री साहले औंल्याइन् । उनले थपिन्, ‘नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुन्छ । तर त्यसलाई हामीले सही तरिकाले राख्न सकेका छैनौं । हामी दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गछौं । हामीले निर्यात गरेका छुर्पीलगायत वस्तु तेब्बर महँगो मूल्यमा फेरि खरिद गरेर प्रयोग र्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ ।’

कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताइन् । उनले भनिन्, ‘आम किसानले खर्च अनुसार उब्जनी पाएका छैनन् । प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र छ । त्यसैले आम किसान निराश छन् । अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउनुपर्छ ।’

वर्षेनी आठ लाख अब माटो परीक्षण गरी ब्लक छुट्याएर मात्र कृषिमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साहले भनिन्, ‘वर्षेनी आठ लाख युवा बाहिर गइरहेका छन् । अब स्वदेशमै रोजगारी सिर्जना हुने गरी काम गर्न सरकार लागिरहेको छ ।’ साथै अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि उनले औंल्याइन् ।

वि.सं.२०७९ माघ ५ बिहीवार १२:५७ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...