back
NMB ad

१९.३४ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, वितरणयोग्य नाफा कति ?

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.३४ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ४७.१८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब १८ करोड १४ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा २१.४२ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ५० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ छ । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसाले बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।

वि.सं.२०७९ माघ ७ शनिवार १७:४१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...