back
NMB ad

मुक्तिनाथ विकास बैंकको खुद नाफा ६३ करोड माथि, अन्य कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ३.९६ प्रतिशत मात्र बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपैयाँबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा घटेर १९ रुपैयाँ ५१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेको छ भने जगेडा कोष ७.२३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.४३ प्रतिशत बढेको छ भने कर्जा ६.२० प्रतिशत बढेको छ।

वि.सं.२०७९ माघ ८ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...