back
NMB ad

जहाँ ढुंगा फुटाउँदा रगत र मासु निस्किन्छ !

Kumari bank ad

काठमाण्डौं । पृथ्वीमा कैयौँ प्रकारका ढुंगा पाइन्छन् । तर सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् ।

तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? सायद छैन होला । तर यो साँचो हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।

चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।

आखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुद्रिक जिव हो ।

जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।

प्रकाशितः २०७३ भदौ ३

वि.सं.२०७३ भदौ १० शुक्रवार १६:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...