काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । उक्त दिन सुन १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुन प्रतितोला १ लाख ६२०० रुपैयाँ र तेजावी सुन १ लाख ५७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, उक्त दिन चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ माघ ११ बुधवार १०:४५ मा प्रकाशित