back
NMB ad

दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

Kumari bank ad

लमजुङ । लमजुङमा दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण कार्य सुरु भएको छ ।

पहिलो चरणमा दोर्दी गाउँपालिकाको ९ वटै वडाबाट विवरण संकलन कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यलय लमजुङले जनाएको छ । आइतबार देखि दोर्दीका सवै वडाबाट एकैसाथ विवरण संकलन सुरु गरिएको छ ।

विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु वडा वडामा पुगेर विवरण संकलन गरिरहेका छन् । एउटा वडामा २ जना विवरण अपरेटर, रुजु अधिकारीे रुपमा वडा सचिव र एक जना स्वयमसेवक खटाइएकोे छ ।

आइतबार पहिलो दिन सिस्टम अपडेट गर्ने लगायतका काम गरिएकाले द्रुत गतिमा संकलन हुन नसकेको विभागका इन्जिनियर अबोध अलिले बताए । पहिलो दिन गाउँपालिकाका सवैवडाबाट करिव दुईसय जनाको विवरण संकलन गरिएको छ ।

दोर्दी गाउँपालिकामा करिव १० दिनमा विवरण संकलन गरिसक्ने योजना रहेको उनले बताए । दोर्दी गाउँपालिका पछि मध्यनेपाल नगरपालिकाबाट विवरण संकलन गरिने छ । आवश्यक अपरेटरहरु थप गरेर सवै पालिका र वडा मा छिटै पुगेर विवरण संकलन गरिने अलिले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएका विवरण अपरेटरहरु दोर्दीको सवै वडामा पुगेर विवरण संकलन गरिहेका छन् ।

नागरिकता भएका हरेक नागरिकको वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको छ ।

जिल्लाकै ८ वटा स्थानीय तहबाट विवरण संकलन गरिने यो कार्य ३ महिनाभित्र सक्ने लक्ष्य लिइएको छ ।

प्रशासन कार्यालयका अनुसार लमजुङमा हालसम्म करिव ३५ हजार नगारिकले राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेर राष्ट्रिय परिचयपत्रको नम्बर लिइसकेका छन् ।

वि.सं.२०७९ माघ ११ बुधवार २०:३२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...