back
NMB ad

माया खोला हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ लाख ५८ हजार २३ जनाले १८ लाख १७ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । सीडीएसका अनुसार आज पहिलो दिन १८ करोड १७ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले आज माघ १३ गतेदेखि सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकि रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको हो ।

यसमा छिटोमा माघ १७ गतेसम्म र ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

वि.सं.२०७९ माघ १३ शुक्रवार १९:४९ मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...