back
NMB ad

स्वाद अलैंचीको, मीठास नेपालको : परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजनिक

Kumari bank ad

काठमाडौं । वाह! अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन – अलैंचीको प्रयोग गरि तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरू सहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन्। साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन्।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह! अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो। सो प्रतियोगीतामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाडौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको थियो।

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन) को सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह१ अलैंची अभियान शुभारम्भ गरेको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह! अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्नेछ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनेछ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्नेछ।

वि.सं.२०७९ माघ १५ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...