काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१ कित्ता, साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६ कित्ता र किसान लघुवित्त वित्तीय संस्थाको ७ लाख ८५ लाख ६१७ हजार गरी जम्मा १ करोड २६ लाख ४६ हजार ५५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यी तीनै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ माघ २१ शनिवार १६:५३ मा प्रकाशित