back
NMB ad

कर्णाली राजमार्ग अवरुद्ध

Kumari bank ad

हेमन्त केसी, सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द भएको छ ।

शुक्रबार ६ः१५ बजेबाट बन्द भएको कर्णाली राजमार्ग अहिले सम्मा नखुल्दा हजारौँ यात्रु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा आफूहरू गनतव्यमा पुग्न नसकेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय कालीकोटका प्रमुख मंगल शाहीले बताए । त्यस्तै, कालीकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शुक्रबार साँझ ७ बजेबाट आफू पनि टुनिबगरमा रहेको र सडक खुलाउनेतर्फ प्रहरीले खासै चासो नदिएको गुनासो गरे  ।

प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिवगरमा रोकी राखेको छ । आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेका छ । छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए ।

दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए ।

वि.सं.२०७९ माघ २१ शनिवार १७:५६ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...