back
NMB ad

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै

Kumari bank ad

काठमाडौ। नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) र बेलायती साझेदारी संस्था युकेएड ‘सक्षम’बीच ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तार गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र सक्षमका टोली प्रमुख बलजीत बोहराबीच ‘वित्तीय सहकारीको क्षमता विकासमार्फत समुदायका वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम’को सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रमले ऋण सहकारी संस्थाको वित्तीय र संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि मध्य र सुदूरपश्चिमका १० जिल्लामा सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी गराए । कैलाली, डडेल्धुरा, डोटी, बैतडी, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुम र सल्यान जिल्लाका सहकारीमा थोक कर्जा लगानी गर्नेछ ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष ऋषिराम घिमिरेले परियोजनाले सहकारी र थोक कर्जाले नेपालको ग्रामीण क्षेत्रमा वित्तीय सेवा पु¥याउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले सहकारीको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वयनमा सहयोग पु¥याउने बताए ।

सक्षमका टोली प्रमुख बोहराले ग्रामीण क्षेत्रका मानिसको सशक्तीकरण र वित्तीय सेवामा पहुँच पुग्ने बताए । कार्यक्रमअनुसार परियोजनाले २०० सहकारी संस्थाका ३० हजार सदस्यलाई छ अर्ब रुपैंया ऋण परिचालन गर्नेछ ।

प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार २०:१८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...