back
NMB ad

छोटी भन्सार सञ्चालनको माग गर्दै बजार बन्द

Kumari bank ad

इन्दिप कोइराला, बारा। बाराको सिम्रौनगढ नगरपालिकाबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापनको माग गर्दै सिमरौनागढ़का व्यवसायीहरु आन्दोलित बनेका छन । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । सिमरौनगढ़ छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् ।

समरौनगढका व्यवसायीहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय बारा र नेपालको सबै भन्दा ठूलो भन्सार कार्यालय बिरगंजमा ज्ञापन पत्र बुझाए पनि अहिले सम्म छोटी भन्सार कार्यालय संचालनमा आउन नसकेको उधोग वाणिज्य संघ शाखा कार्यालय सिमरौनगढको सिम्रौनगढ उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले जानकारी दिए ।

उनीहरुले यसै नगरपालिकाबाट मुख्य मन्त्री सरोज यादव समेत पाएको र यसै मौकामा यस भन्सार कार्यलय छिटै मुल भन्सार कार्यको रुपमा स्थापित होस् भन्ने चाहन्छन, यदि सो नभएमा पुनः बजार समेत बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल–भारत देशका उच्च अधिकारीहरु बिच सल्लाह र निर्णय अनुसार यदि करको बिलिङ भारत तिरबाट सुचारु भयो भने नेपालमा सामानहरु आयात हुँदा नेपाललाई पनि कर बापत करोडौँ रकम दाकिला हुने बताउँछन छोटी भन्सारका कर्मचारी नविन कुमार जयसवाल ।

जिल्लाका २ वटा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सिमरौनागढ़ र मटिअर्वाका छोटी भन्सार कार्यालय अहिले बन्द छ, जसमा म‌ंगलबारदेखि मात्रै सिमौनगढमा रहेको छोटी भन्सारमा दुई जना कर्मचारी पठाएको र कार्यालयको सरसफाई समेत भइरहेको छ । आगामी दिनमा यस भन्सार कार्यलय पुनः रुपमा सन्चालन आए दुवै देशका नागरिकलाई फाइदा हुने देखिन्छ ।

वि.सं.२०७९ माघ २५ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...