back
NMB ad

सर्वसाधारणको लागि भोलीदेखि २२ लाख ६४ हजार कित्ता आईपीओ निष्काशन हुने, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले भोली अर्थात फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०७९ फागुन ३ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा १५ अंकको वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा १५ अंकको वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता   

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता   

वि.सं.२०८१ जेठ ९ बुधवार १४:३५

सल्लेरी (सोलुखुम्बु), ९ जेठ : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ ९ बुधवार १४:१९

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ...

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण   

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण   

वि.सं.२०८१ जेठ ९ बुधवार १४:१३

चितवन, ९ जेठ : जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका...

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार १३:११

हिमाल लम्साल वीरगञ्ज (पर्सा), ९ : देशको सङ्घीय राजधानी काठमाडौँवासीले...