back
NMB ad

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको निर्माण कार्य तीव्र

Kumari bank ad

लमजुङ ।  राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लामो समय रोकिएको लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ ।

जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याण बेसीसम्मको सडक निर्माण कार्यले गति लिएको हो ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो । तर सरोकारवालाको पहलमा सुन्दरबजारको विवाद समाधानपछि अधिकाँश काम चालू आर्थिक वर्षमै सम्पन्न गर्नेगरी तीव्र गतिमा हुन थालेको हो ।

सुन्दरबजारको पाउदीदेखि मध्यनेपाल र कास्की सिमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम भइरहेको आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रले बताए । “यसवर्ष पाउदीदेखि सत्रसयसम्म सडक चौडा पारी ग्राभेलिङको काम सम्पन्न हुन्छ,” इन्जिनियर मिश्रले भने, “सत्रसयदेखि रातमाटासम्म जेठ मसान्तभित्र कालोपत्रे सम्पन्न हुनेछ ।”

सोबाहेक रातमाटादेखि मध्यनेपालकै कल्याणबेसीसम्मको काम पनि चालू वर्षमै सम्पन्न गर्ने योजना रहेको इन्जिनियर मिश्रले बताए । बाँकी करिब ६ किलोमिटर सडक खण्डमा केही प्राविधिक व्यवस्थापन बाँकी रहेकोले उक्त ठाउँको काम सुरु हुन नसकेको मिश्रको भनाइ छ । “केहि घर र वन क्षेत्रमा व्यवस्थापन हुन बाँकी छ,” मिश्रले भने, “त्यो पनि व्यवस्थापनको प्रक्रिया सुरु भएकोले ढिलाइ नगरी काम अघि बढाउने प्रयासमा छौं ।”

लोकमार्गअन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रेको भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ ।

हाललाई सुन्दरबजार र भोर्लेटारको बजार क्षेत्रका संरचनामा कुनै क्षति नपुर्‍याइ सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

आर्थिक वर्ष २०६४/०६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार ७ सय ६५ किलोमिटर लामो हुने बताइएको छ ।

सडकखण्डअन्तर्गत अधिकाँश जिल्लामा काम सम्पन्न चरणमा भएको तर लमजुङमा भने निर्माण कार्य सुस्त भएको भन्दै प्रशासनले पनि चासो दिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले आयोजनाको निर्माण कार्यलाई गतिदिन स्थलगत अवलोकनसँगै आवश्यक निर्देशन तथा सहजीकरणका लागि सहयोग गर्ने बताए ।

करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७ सय ५६ किमि नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ ।

वि.सं.२०७९ फागुन ६ शनिवार १९:२८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...