back
NMB ad

मोलुङ हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट 

Kumari bank ad

काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज फागुन ८ गते सोमबारसम्ममा ११ लाख ४४ हजार १२९ जनाले १ करोड २८ लाख ५९ हजार ५० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरको ५.६७ गुणा बढी हुन आउँछ ।

कम्पनीले फागुन ४ गतेबाट सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०७९ फागुन ८ सोमवार १७:५६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...