back
NMB ad

नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ– वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबिफिनकोतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।

नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताउनुभयो ।

सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आईएमएफका प्रतिनिधिसमक्ष जानकारी प्रस्तुत गर्नुभएको थियो ।

आईएमएफबाट आएको मिसन टोलीका प्रतिनिधिहरुले नेपालको हालको आर्थिक कठिनाइहरूको बारेमा अध्ययन गरि प्रतिवेदन तयार गर्ने जानकारी गराउनुभएको थियो ।

सिबिफिनको कार्यालय, सुन्धारामा सम्पन्न उक्त भेटघाट तथा छलफल अर्थपूर्ण भएको र आगामी दिनमा समेत आईएमएफले आर्थिक तथा बैंकिङ क्षेत्रका विविध विषयहरुमा सिबिफिनसँग गरिरहेको छलफल र सहकार्यलाई जारी राख्ने सन्देश व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १४:०२ मा प्रकाशित

You can share this post!

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...