back
NMB ad

अब विदेश गएका सहित स्वदेशमा रोजगार जोसुकैले संचयकोषमा रकम जम्मा गर्न पाउने !

Kumari bank ad

काठमाण्डौं । अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । संचय कोष ऐन २०१९ संशोधन गर्दै बनेको नयाँ ऐन संसदबाट पारित भएपछि यस्तो व्यवस्थाको सुरुवात हुने भएको हो ।

यसका साथै, अहिलेसम्म प्रोभिडेन्ड फन्डको व्यवस्थाभित्र परेकाहरुले पनि पेन्सन पाउने व्यवस्था नयाँ ऐनमा गरिएको छ । कोष अब पुँजी बजारमा पनि प्रवेश गर्न पाउने भएको छ । सञ्चकर्ताको रकमबाट सामूहिक लगानी कोषका रुपमा पुँजी बजारमा लगानी गर्ने बाटो पनि खुलेको हो । साथै उसले आफ्नै नेतृत्वमा पुर्वाधार क्षेत्रमा लगानी गर्न पाउने बाटो पनि खुलेको छ ।

नयाँ ऐनमा ऋण चलाएर नतिर्नेहरुलाई कालोसुचीमा राख्ने ब्यवस्था पनि गरिएको छ । कोषको ऋण नतिर्नेदेखि टेन्डर, खरीदलगायतमा भनेको समयमा काम नगर्नेलाई कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने र उसले कालोसुची वा कारवाही गर्नै पर्ने व्यवस्था नयाँ ऐनमा परेको छ ।

साथै, कुनै कर्मचारी, श्रमिकबाट पैसा कटाएर कोषमा जम्मा नगर्नेलाई हदैसम्मको कारवाही सिफारिस गर्न सक्ने अधिकार पनि कोषले पाएको छ । साथै कोषले त्यस्ता ब्यक्तिलाई नतिरेको पैसा, त्यसको ब्याज र जरिवानासमेत तिराउन सक्ने भएको छ ।

अहिले निजामति सेवा, सेना, प्रहरी, शिक्षक तथा संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको संस्थाले मात्रै कर्मचारी संचय कोषमा रकम जम्मा गर्न पाउनेमा अबदेखि स्वरोजगारले पनि रकम जम्मा गर्न सक्नेछन् ।

नयाँ व्यवस्था अनुसार अब इन्जिनियर, डाक्टर, लेखापरीक्षक लगायतका पेशा गर्ने व्यक्ति र उनीहरुका संस्थामा काम गर्ने कर्मचारी तथा घरेलु कामदार, कृषकलगायतलेसमेत अब रकम जम्मा गर्न सक्नेछन् ।

यसका साथै, अब कोषले नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकर्ति प्राप्त विदेशी वा स्वदेशी संस्थाको ऋणपत्रमा लगानी गर्न सक्नेछ । यस्तै कोषले नेपाल सरकारको जमानतमा कोषको शर्त र ब्याजमा उद्योग वा संगठित संस्थालाईसमेत ऋण दिन सक्ने छ ।

ऐन संशोधनसँगै कोषले निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा कोष आफैंले वा अन्य संस्थासँग मिलेर निवृत्तिभरण कोष, स्वास्थ्य बीमा, वा सामाजिक सुरक्षा कोष स्थापना गरेरसमेत संचालन गर्न सक्ने छ । यस्तै कोष संचालक समितिले तोकेको शर्तमा कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिलाई सापटी पनि कोषले दिन सक्नेछ ।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार ०९:४९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...