back
NMB ad

यी विकास बैंकहरुको सेयर छ ? ल्याउँदैछन् करोडौंको हकप्रद !

Kumari bank ad

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् ।

पचाश प्रतिशत हकप्रद जारी गर्न लागेको मुक्तिनाथ बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले लघुवित्तको समेत काम गर्दै आएको छ । राष्टिय्रस्तरको बिकास बैंकमा रुपान्तरण भएको यसका शाखा काठमाडौमा पनि छ । गत आर्थिक बर्षमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका बेंकले अघिल्लो आर्थिक बर्षमा २१ करोड ७६ लाख मात्र खुद नाफा कमाएकोमा गत बर्ष १४ करोडले बढाएको हो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।

त्यस्तै, धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपेमन्ट बैंकले पनि पचास प्रतिशत अर्थात् २ः१ को अनुपातमा हकप्रद निष्काशनका लागि अनुमती पाएको छ । मितेरीले १० करोड ५६ लाख रुपैयाँ बराबरको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो । मितेरीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

यसका साथै, अरनिको डेभलपमेण्ट बैंकले पनि १० बराबर ३ दशमलव ६ कित हकप्रद निष्काशनको अनुमती पाएको हो । बैंकको अहिले चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैंया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड १० लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार १०:५० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...