back
NMB ad

जिल्ला अदालतमा आक्रमण दशको मृत्यु ४० घाइते

Kumari bank ad

पाकिस्तान । पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पाकिस्तानमा भएका पछिल्ला केही आक्रमणहरु कानूनी क्षेत्र लक्षित रहेको छ । विहानको समयमा अदालतमा जम्मा भएका सर्वसाधारणलाई लक्ष्यगरी हाते ग्रिनेड फ्याक्नुको साथै आत्मघाती आक्रमण भएको वरिष्ठ प्रहरी अधिकारी फैसाल सिहजादले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको समेत मृत्यु भएको सिहजादले बताएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भीषण आत्मघाती आक्रमण भएको तीन हप्ता पछाडी पुनः आक्रमण भएको छ ।

क्वेटा सहरमा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा भएको आत्मघाती आक्रमणमा दर्जनौ वकिलसहित ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आतङ्ककारीहरु ले शुक्रबार नै प्रान्तीय राजधानी पेसावर भएको खैवर पख्तुनख्वा प्रान्तको क्रिश्चिन कोलोनीमा पनि आक्रमण गरेका छन् ।

यस आक्रमणको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रकाशितः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...