back
NMB ad

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत १० लाख रुपैंया हस्तान्तरण

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैंया उपलब्ध गराएको छ । बैं

कमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उहाँकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म २०७९ जना ग्राहक महानुभावहरुलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रुपैंयाभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख रुपैंया, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख रुपैंया र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैंया बीमा रकम प्राप्त गरिसकेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ ।

जस अन्तर्गत ४० लाख रुपैंयाको दुर्घटना बीमा, ४० लाख रुपैंयाको घातक रोग बीमा र ४ लाख रुपैंयासम्मको औषधि उपचार बीमा प्राप्त गर्न सक्नेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैंयासम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैंया सम्म प्राप्त गर्न सक्नेछन् । ।

एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

वि.सं.२०७९ फागुन २३ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...