back
NMB ad

इङ्वा हाइड्रोपावरको आईपीओ आवेदन दिने आयोजना प्रभावित क्षेत्र परिवर्तन

Kumari bank ad

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको हो ।

अब पाँचथर जिल्लाको याङ्वरक गापा–२ (साविक फलैचा गाविस वडा नं. १ देखि ९) र याङवरक गापा–३ (साविक ओयाम गाविस वडा नं. १ देखि ९) र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गापा–३ (साविक आङखोप गाविस वडा नं. १ देखि ९)का बासिन्दा आईपीओमा आवेदन दिन पाउने छन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गापा–३ (साविक आङखोपा गाविस वडा नं. ३, ६, ८ र ९) तथा पाँचथर जिल्लाको यङवरक गापा–२ (साविक फलैचा गाविस वडा नंं.१) र यङवरक गापा–३ (साविक ओयाम गाविस वडा नं.२) स्थानीय बासिन्दाले मात्र आईपीओ आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले फागुन २१ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

यसमा बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ फागुन २४ बुधवार १३:३३ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...