back
NMB ad

विद्युत् चोरी गर्नेमाथि प्राधिकरणले बढायो निगरानी, एकैदिन ७ जनालाई कारबाही

Kumari bank ad

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढंगबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ।

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरू गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ।

डाक्नेश्वरी नगरपालिका-३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका-१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका-१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ।

यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका(२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो। शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ।

विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ। शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन्।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...