back
NMB ad

भारतले आयात रोकेपछि संकटमा नेपाली अदुवा बजार !

Kumari bank ad

इलाम । मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको बेच्ने मुख्य सिजन हो।

पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।

निर्यात रोकिँदा करोडौं मूल्यको अदुवा अलपत्र छ। धेरै निकासी हुने काँकडभिट्टा नाकाबाट मंगलबारयता एक किलो अदुवा उता गएको छैन। व्यापारीका अनुसार अघिल्लो सोमबार बेलुकासम्म सानो परिमाणमा अदुवा निकासी भइरहे पनि बाधा–अवरोध भने अघिल्लो शुक्रबारदेखि नै थियो।

नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन्। यहाँसम्म अदुवा निकासीको बाटो नखुल्दा इलामको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, पश्चिमी मंगलबारे, पूर्वी फिक्कललगायत बजारमा सयौं क्विन्टल अदुवा थन्किएको व्यापारी बताउँछन्।

व्यापारीले अग्रिम बुकिङ गरेको अदुवाको ठूलो परिमाण गाउँ–गाउँका किसानका आँगनमा अलपत्र छ। कतिपय किसानले निकासी रोकिएपछि बारीमा भएको अदुवा खन्न पाएका छैनन्।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार १०:५९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...