back
NMB ad

लागुऔषधसहित १४ जना पक्राउ

Kumari bank ad

काठमाडाैं । देशका विभिन्‍न स्थानबाट १४ जना लागुऔषधसहित पक्राउ परेका छन् । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागूऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागुऔषध फेला परेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए । प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिक-११ बस्ने ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीकाे टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगञ्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागुऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागुऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याव्लेट, स्पास्पेइन ४० ट्याव्लेट  र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

वि.सं.२०७९ चैत २ बिहीवार १२:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...