back
NMB ad

६० जनाले जिते “शिवमसंग उपहार टन्न’’

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न’’ योजनाको मेगा लक्की ड्रमा ६० जनाले उपहार जितेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी शिवमले, उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली बिहिबार उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

जसअनुसमार उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट र उपत्यका बाहिरबाट ५/५ तोला सुन प्राप्त गरेका छन् ।

दोस्रो पुरस्कार अन्तर्गत ४ जनाले ३/३ तोला सुन जितेका छन् भने तेस्रो पुरस्कार अन्तर्गत ६ जनाले २/२ तोला सुन, चौथो ८ जनाले १/१ तोला सुन तथा अन्य १० जनाले आधा÷आधा तोला सुन जित्न सफल भएका छन् ।

पत्रकार सम्मेलनमा शिवम् सिमेन्टका बिक्रि मार्केटिङका उपाध्यक्ष निखिल अग्रवालले नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा भाग्यशाली विजेताहरुको नाम लक्की ड्र सार्वजनिक गरी पुरस्कार वितरण गरिएको बताए ।

उनले उपहार ल्याएर डिलर साथिहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न र निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा पुरस्कार देखेर निमार्ण कार्यमा थप पेरणा मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने ‘लक्की ड्र मार्फत उपभोक्ता साथिहरुलाई पुरस्कार दिन पायौं । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न“ उपहार ल्याएर डिलर साथिहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न खोजेको हो ।

आज निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा हाम्रो पुरस्कार देखेर निमार्ण कार्यमा थप पे्ररणा मिल्ने उद्देश्यले यो कार्यक्रम लिएर आएको थियौं ३ महिना अगाडि । साडे २ लाख भन्दा बढि ग्राहकहरुलाई डिलरहरुलाई पसरस्कार दिएका छौं । ’
यसअघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भई सकेका छन् ।

जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

साथै स्योर सट पुरस्कार मार्फत पनि २ लाख २५ हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभावन्वित भएका छन् । शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि ‘शिवमसँग उपहार टन्न” उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्याच कुपन प्राप्त गरि रु। २०० देखि रु। ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २।५ ग्राम देखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।

सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था छ ।

वि.सं.२०७९ चैत ३ शुक्रवार ०७:४४ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...