back
NMB ad

दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माया खोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावरको आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा माया खोला हाइड्रोपावरको १ करोड कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ८८ रुपैंया ५३ पैसा देखि अधिकतम २६५ रुपैंया ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमकेएचसी’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १० लाख कित्ता, सर्वसाधारणको लागि वितरण गरेको २४ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ६६ लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, सुपर माई हाइड्रोपावरको ५० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १३० रुपैंया ७६ पैसा देखि अधिकतम ३९२ रुपैंया २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एसएमएच’ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ५ लाख कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ४० लाख कित्ता गरेर कुल ५० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात दुवै कम्पनीको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

वि.सं.२०७९ चैत ६ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...