back
NMB ad

मुस्ताङमा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने

Kumari bank ad

मुस्ताङ । मुस्ताङमा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने भएको छ। स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा संकलन तथा चिस्यान केन्द्र बन्न लागेको हो।

घरपझोङ गाउँपालिका-२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष ०७९/८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट एक करोड ४१ लाख बिनियोजन गरिएको छ। सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ।

चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका-१ टुकुचे-झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन्। यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म ‘कोल्ड स्टोर’ बनेका छैनन्।

मुस्ताङमा ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताए। पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषक बताउँछन्।

यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका-१ छैरोका कृषक सिंहराज लामाले बताए। अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएको उनको भनाइ छ। बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ।

ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन्। चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए।

वि.सं.२०७९ चैत २० सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...